उम्मुल-मुमिनीन आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्: रसूल (सल्लल्लाहु अलैहि वसल्लम) रमजानको अन्तिम दश दिनमा इबादतमा कडा परिश्रम गर्नुहुन्थ्यो, तर अन्य दिनहरूमा त्यति धेरै गर्दैनथे। सही - मुस्लिमले वर्णन गरेका छन्
explain-icon

exp

रमजानको अन्तिम दश दिन आउँदा नबी (सल्लल्लाहु अलैहि वसल्लम) अन्य दिनहरू भन्दा बढी उपासना र विभिन्न असल कामहरूमा संलग्न हुनुहुन्थ्यो। उहाँले यी रातहरूको महानताको सम्मान र लैलतुल-कद्रको खोजीमा गर्नुभयो।

explain-icon

fawaed

  • रमजानको महिनामा र विशेष गरी यसको अन्तिम दश दिनमा प्रशस्त मात्रामा उपासना र विभिन्न असल कामहरू गर्न प्रोत्साहन।
  • रमजानको अन्तिम दश दिनहरू एक्काइसौं रातबाट सुरु हुन्छन् र महिनाको अन्त्यसम्म रहन्छन्।
  • विशेषाधिकार प्राप्त समयलाई असल काममा प्रयोग गर्नु मुस्तहब हो।
explain-icon

more