अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्,: रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एउटा कुरा भन्नुभयो र मैले पनि एउटा कुरा भन्छु। रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: " जो व्यक्ति अल्लाह बाहेक अरूको उपासना गरेको अवस्थामा मर्छ, ऊ नरकमा जानेछ ।" मैले भन्छु: जो व्यक्ति अल्लाहसँग कसैलाई साझेदार नगरी मर्छ, ऊ स्वर्गमा प्रवेश गर्नेछ । सही - मुत्तफकुन अलैहि
explain-icon

Explanation

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जसले अल्लाह बाहेक अरूको लागि कुनै कर्म गर्दछ, जुन केवल अल्लाहको लागि मात्र गरिनुपर्छ, जस्तै अल्लाह बाहेक अरूसित दुआ (प्रार्थना) गर्नु वा समस्याको समयमा अरू कसैलाई पुकार्नु इत्यादि र यसै अवस्थामा संसार छोड्छ भने ऊ नरकमा जानेछ । अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले थप भनेका छन्, जो व्यक्ति अल्लाहसँग कसैलाई साझेदार नगरेको अवस्थामा मर्यो भने ऊ स्वर्गमा प्रवेश गर्नेछ ।

explain-icon

Benefits from the Hadith

  • दुआ (प्रार्थना) उपासना हो । अल्लाह बाहेक अरू कसैसँग दुआ गर्न अनुमति छैन ।
  • यस हदीसबाट तौहीद (एकेश्वरवाद) को महान् विशेषता प्रष्ट हुन्छ। यसअनुसार जुन व्यक्ति एकेश्वरवाद पालन गर्ने अवस्थामा मर्छ, उसले आफूले गरेका केही पापको दण्ड भोग्नु पर्ने भए पनि अन्तमा अवश्य नै स्वर्ग प्राप्त गर्नेछ ।
  • यो हदीसले शिर्क (बहुदेववाद) को गम्भीर परिणाम र खतरालाई स्पष्ट पार्दछ। यसअनुसार, जुन व्यक्ति शिर्क गरेको अवस्थामा मर्छ, ऊ नरकमा जानेछ ।