हामीलाई अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट रूपमा बताउनुभएको छ, जब उहाँले हामीलाई कुनै कुराबाट रोक्नुहुन्छ, त्यसबाट बिना कुनै अपवाद टाढा रहनु अनिवार्य हुन्छ। साथै, जब उहाँले कुनै कुराको आदेश दिनुहुन्छ, त्यसलाई हामीले आफ्नो सामर्थ्यअनुसार पूरा गर्नुपर्छ। त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई विगतका ती समुदायहरू जस्तो हुनबाट सचेत गराउनुभयो, जसले नबीहरू सँग अनावश्यक प्रश्न गर्ने र उनीहरूको अवज्ञा गर्ने गर्दथे, फलस्वरूप अल्लाहले उनीहरूलाई विभिन्न विपत्तिद्वारा नष्ट गरिदिनुभयो। अतः उनीहरूको जस्तै विनाशबाट बच्नका लागि हामीले त्यस्तो व्यवहार गर्नुहुँदैन।