नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले चार वटा कुराहरूबाट शरण माग्नु भएको छ: पहिलो : हे अल्लाह! म तपाईंको धार्मिक र सांसारिक आशीर्वाद गुमाउनबाट तपाईंको शरण चाहन्छु। म तपाईंसँग प्रार्थना गर्दछु, म इस्लाममा दृढ रहन सकूँ र आशीर्वाद गुमाउने पापहरूबाट टाढा रहन सकूँ। दोस्रो : तपाईँबाट मिलेका संरक्षण कष्टमा परिवर्तन न होस्; सो म तपाईंसित निरन्तर सुस्वास्थ्य एवं कष्ट र रोगहरूबाट रक्षाको लागि अनुरोध गर्दछु । तेस्रो :यो कुराबाट पनि कि कतै तपाईँको अचानक पकड न आओस् । किनभने मान्छेलाई अचानक पकड आयो वा सजाय दिइयो भने प्रायश्चित गर्ने र आफूलाई सुधार्ने मौका मिल्दैन । झन् समस्या ठुलो र मामिला कडा हुन जान्छ । चौथो: (र तपाईंको सम्पूर्ण क्रोध) र ती कारणहरू जसले तपाईंको क्रोध ल्याउँछ; किनभने जसप्रति तपाईं क्रोधित हुनुहुन्छ, ऊ निश्चय नै विफल र हानीग्रस्त हुन्छ। अल्लाहका नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले "जमीअ" बहुवचन शब्द प्रयोग गर्नु भयो । ताकि उहाँको क्रोध निम्त्याउने सबै प्रकारका बोल र कर्म एवं निष्ठाहरू समावेश होस्।