रसूल (सल्लल्लाहु अलैहि वसल्लम) प्रायः व्यापक र संक्षिप्त दुआ (प्रार्थना) हरू गर्नुहुन्थ्यो, जस्तै: "अल्लाहुम्म रब्बना आतिना फिद्दुन्या हसनह् व फिल्-आखिरति हसनह् व किना अजा बन्नार ।" यस प्रार्थनामा यस संसारका कल्याणहरू जस्तै सुख, शान्ति, समृद्धि, प्रशस्त र पवित्र जीविका, एक धर्मपरायण पत्नी, मनलाई शीतलता प्रदान गर्ने सन्तान, सुखमय जीवन, उपयोगी ज्ञान तथा पुण्य कर्महरू र यस्तै अन्य प्रिय र वैधानिक कुराहरू समावेश छन्। त्यसैगरी, यसमा परलोकका कल्याणहरू जस्तै चिहानको यातनाबाट सुरक्षा, हिसाबकिताबको दिनको कठिनाइबाट मुक्ति, नरकको सजायबाट सुरक्षा, अल्लाहको सन्तुष्टि, स्वर्गको अनन्त सुख र परम दयालु अल्लाहको निकटता प्राप्त गर्ने जस्ता कुराहरू पनि समावेश छन्।