नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले निम्न उल्लेखित कुराहरूबाट शरण माग्नु भएको छ : १- "हे अल्लाह, म ऋणको बोझबाट तपाईंमा शरण चाहन्छु।" हे अल्लाह, म ऋणको दबाब, बोझ, दुःख र चिन्ताबाट तपाईंमा मात्र शरण चाहन्छु। म यसलाई तिर्न सक्षम हुन तपाईंको मद्दत चाहन्छु। २- "शत्रुको विजय।" शत्रुको क्रोध र प्रभुत्वबाट। म प्रार्थना गर्छु, उसको अत्याचार र उत्पीडन रोक्नु होस् र मलाई उसमाथि विजय प्रदान गर्नुहोस्। ३- "शत्रुहरूको खुशी।" मुस्लिमहरूमाथि आइपरेको विपत्ति र कठिनाइमा शत्रुहरूको खुशीबाट।