नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : सुःखद र राम्रो सपना अल्लाहबाट हुन्छ, जबकि अप्रिय र दुखद सपना शैतानबाट हुन्छ। जसले नराम्रो सपना देख्छ उसले बायाँतिर फर्केर हल्का थुथु गर्नुपर्छ र त्यसको खराबीबाट जोगिन अल्लाहसँग शरण माग्नुपर्छ। किनभने यसरी गर्नाले अल्लाहले त्यस सपनाबाट हुन सक्ने नराम्रो परिणामहरूबाट सुरक्षित राख्नुहुन्छ।