नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, निद्रामा देखिने राम्रो र रमाइलो सपना अल्लाहको तर्फबाट हो। त्यसैले, यसको लागि अल्लाहको प्रशंसा गर्नुपर्छ र अरूलाई यसको बारेमा बताउनुपर्छ। यसको विपरीत, जब कुनै व्यक्तिले अप्रिय र कष्टकर सपना देख्छ भने त्यो शैतानको तर्फबाट हो। त्यसकारण, यस्तो सपनाको नराम्रोबाट अल्लाहको शरण लिनुपर्छ र कसैलाई भन्नु हुँदैन। यसो गरेपछि, उसलाई कुनै हानि हुनेछैन। किनभने अल्लाहले माथि उल्लेखित कुराहरूलाई सपनाको परिणामस्वरूप उत्पन्न हुन सक्ने खराबीबाट सुरक्षाको माध्यम बनाएका छन्।