रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जसले यो दुआ (जिक्र) ‘ला इलाह इल्लल्लाहु वह्दहू ला शरीक लहु, लहुल्मुल्कु व लहुल्-हम्दु वहुव अला कुल्लि शैइन् कदीर्’ पढ्छ, जसको अर्थ हो: अल्लाह बाहेक कोही सत्य ईश्वर छैन, उहाँ एक्लो हुनुहुन्छ, उहाँको कुनै साझेदार छैन, सार्वभौम राज्य उहाँकै हो, उहाँ प्रेम र आदरका साथ प्रशंसा योग्य हुनुहुन्छ । उहाँ सर्वशक्तिमान हुनुहुन्छ र उहाँको लागि केही पनि असम्भव छैन । जसले यो महान जिक्र दिनमा दस पटक पढ्छ; उसले इस्माइल बिन इब्राहीम (अलैहिस्सलाम) को पुस्ताबाट ४ दास मुक्त गरे जति इनाम पाउनेछ । इस्माइल (अलैहिस्सलाम)को सन्तानलाई विशेष रूपमा उल्लेख गरिएको छ किनभने उनको सन्तानका मानिसहरू अन्य मानिसहरू भन्दा उच्च छन् ।