अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले राम्रोसँग वुजू गर्छ, त्यसपछि जुमुआको नमाज़मा आउँछ, ध्यानपूर्वक खुत्बा सुन्छ तथा चुप लागेर बस्छ, उसका त्यस शुक्रबारदेखि अर्को शुक्रबारसम्म र थप तीन दिनका पापहरू क्षमा गरिन्छन्। र जसले (खुत्बाको समयमा) साना ढुङ्गाहरू छुन्छ (वा खेलाउँछ), उसले व्यर्थ कार्य गरेको हुन्छ।" सही - मुस्लिमले वर्णन गरेका छन्
explain-icon

Explanation

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ कि जसले वुजूका आधारभूत कार्यहरू, सुन्नत र शिष्टाचारहरूको पालना गर्दै राम्रोसँग वुजू गर्दछ, त्यसपछि जुमाको नमाजमा उपस्थित हुन्छ, चुपचाप र ध्यानपूर्वक इमामको खुत्बा (उपदेश) सुन्छ र व्यर्थका कुराकानीबाट टाढा रहन्छ, अल्लाहले उसका १० दिनका (यो शुक्रबारदेखि अर्को शुक्रबारसम्म र थप तीन दिनका) साना पापहरू क्षमा गरिदिनुहुन्छ; किनकि एउटा पुण्यको प्रतिफल दस गुणा बढाएर प्रदान गरिन्छ। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले जुमुआको खुत्बाको समयमा उपदेशलाई पूर्ण रूपमा ध्यानलो नसुनेर व्यर्थका कार्यहरू गर्ने—जस्तै ढुङ्गा खेलाउने वा अन्य ध्यान भङ्ग गर्ने क्रियाकलापहरू गर्ने—बारे कडा चेतावनी दिनुभएको छ। उहाँले भन्नुभयो कि जसले यस्तो व्यवहार गर्छ, उसले ‘लग्व’ (व्यर्थ कार्य) गरेको ठहरिन्छ, र जसले ‘लग्व’ गर्छ, उसले जुमुआको पूर्ण पुण्य प्राप्त गर्दैन।

explain-icon

Benefits from the Hadith

  • यस हदीसमा राम्रोसँग र पूर्ण रूपले वुजू गर्ने तथा जुमुआको नमाज़को नियमित पालना गर्ने र त्यसमा उपस्थित हुन प्रोत्साहित गरिएको छ।
  • यसबाट जुमाको नमाज को श्रेष्ठता स्पष्ट हुन्छ ।
  • यस हदीसमा जुमुआको खुत्बाको समयमा पूर्ण रूपले चुप लागेर ध्यानपूर्वक सुन्नु अनिवार्य रहेको स्पष्ट गरिएको छ। साथै, खुत्बाबाट ध्यान हटाउने कार्यहरू—जस्तै कुराकानी वा अन्य व्यर्थ क्रियाकलाप—बाट बच्नुपर्ने कुरा उल्लेख गरिएको छ।
  • यदि कसैले खुत्बा (प्रवचन) को समयमा कुनै व्यर्थ कार्य गर्दछ भने, उसको नमाज मान्य त हुन्छ, तर त्यसको पुण्य मा भने कमी आउँछ।
explain-icon

More ...