अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) को सामु एक जना मानिसको बारेमा चर्चा गरियो जो सूर्योदय नभएसम्म सुतिरहेको थियो। यो सुनेर उहाँले भन्नुभयो: "यो त्यस्तो मानिस हो जसको कानमा वा दुवै कानमा शैतानले पिसाब फेरेको छ।"
सही - मुत्तफकुन अलैहि
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सामु एक जना मानिसको बारेमा चर्चा गरियो जो सूर्योदय नभएसम्म सुतिरहेको थियो र अनिवार्य नमाजको लागि उठेन। उहाँले भन्नुभयो: "वास्तवमा, त्यो त्यस्तो मानिस हो जसको कानमा शैतानले पिसाब फेरेको छ।"
fawaed
रातको तहज्जुद नमाज़लाई त्याग्नु घृणित हो र यो शैतानको कारणले हो।
शैतानबाट सावधान, किनकि ऊ प्रत्येक मार्गमा घात लगाएर बस्छ। ताकि मानिसलाई अल्लाहको आज्ञापालनबाट रोक्न सकोस्।
इब्न हजरले भन्नुभयो: (ما قام إلى الصلاة) मा उल्लेख गरिएको नमाज शब्दले सबै प्रकारका नमाजलाई जनाउछ। साथै यो विशेषत तहज्जुद वा फरज (अनिवार्य) नमाजलाई पनि जनाउन सक्ने सम्भावना छ।
तीबी भन्छन्: यहाँ कानलाई विशेष रूपमा उल्लेख गरिएको छ, यद्यपि आँखा निद्राको गहिराइलाई जनाउनको लागि निद्राको सम्बन्धमा बढी उपयुक्त हुने थियो। किनभने कान जागरूकताको माध्यम हो। त्यसपछि पिसाबको विशेष रूपमा उल्लेख गरिएको छ किनभने यो सजिलै पेटमा प्रवेश गर्छ, चाँडै नसाहरूमा प्रवेश गर्छ र सबै अंगहरूलाई सुस्त बनाउँछ।