अब्दुल्लाह बिन अम्र बिन आस (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “जसले मुआहद् (मुस्लिमसँग सन्धि भएको गैर-मुस्लिम) को हत्या गर्छ, उसले स्वर्गको सुगन्ध पनि पाउनेछैन, जबकि स्वर्गको सुगन्ध चालीस वर्षको दूरीबाट आउँछ ।” सही - बुखारीले वर्णन गरेका छन्
explain-icon

exp

जसले मुआहद् (त्यो व्यक्ति जो "काफिरहरू भूमिबाट इस्लामको भूमिमा सन्धि र सुरक्षा (अमन)सहित आउँछ) लाई मार्छ, उसले स्वर्गको सुगन्ध पनि पाउने छैन भनेर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले कडा चेतावनी दिनुभएको छ । जबकि यसको सुगन्ध चालीस वर्ष टाढाबाट महसुस गर्न सकिन्छ ।

explain-icon

fawaed

  • मुआहद, जिम्मी र मुस्तामिन (सम्झौता अनुसार इस्लामिक राज्यमा प्रवेश गर्ने गैर-मुस्लिम) व्यक्तिको हत्या गर्नु हराम र महापाप हो ।
  • मुआहद : मुस्लिम देशमा बसोबास गर्ने गैर-मुस्लिम व्यक्ति, जसले मुस्लिमसँग नलड्ने र मुस्लिमले उसँग नलड्ने सम्झौता गरेको हो । जिम्मी: एक गैर-मुस्लिम व्यक्ति जो जिजया (कर) तिरेर मुस्लिम देशमा बसोबास गर्छ । मुस्तामन: एक गैर-मुस्लिम व्यक्ति जो एक निश्चित समयको लागि सम्झौताको आधारमा मुस्लिम देश प्रवेश गर्दछ ।
  • यस हदीसमा गैर-मुस्लिमहरूसँग गरिएको वाचा तोड्न विरुद्ध चेतावनी दिइएको छ ।
explain-icon

more