explain-icon

exp

वली (अभिभावक) बिना निकाह सही हुँदैन भनेर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले सचेत गर्नु भएको छ । त्यसैले महिलाको लागि एक अभिभावक हुनु आवश्यक छ जसले उनको विवाह गराउनेछ ।

explain-icon

fawaed

  • विवाह मान्य हुनको लागि वली (अभिभावक) को सहभागिता अनिवार्य शर्त हो । यदि विवाह अभिभावकको अनुपस्थितिमा भएको हो वा महिलाले आफैंले विवाह गरेमा उसको विवाह मान्य हुने छैन ।
  • वली भन्नाले नातामा महिलाको सबैभन्दा नजिकको पुरुषलाई जनाउँछ । त्यसैले नजिकको वली हुँदाहुँदै टाढाको वलीले विवाह गराउन मिल्दैन ।
  • वली (अभिभावक) मा हुनुपर्ने शर्तहरू: मुकल्लफ हुनु (जिम्मेवार), पुरुष हुनु, निकाहका फाइदाहरू बुझ्ने उमेर पुगिसकेको वालिग साथै वली (अभिभावक) र संरक्षकत्वमा रहेको महिला एउटै धर्म मान्ने भएको हुनुपर्छ । जोसँग यी गुणहरू छैनन्, उ निकाह गराउने वली (अभिभावक) बन्न योग्य हुनेछैन ।