explain-icon

exp

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जसले वुजुको सुन्नत र शिष्टाचारको पालना गर्दै वजू गर्छ, उसका पापहरू मेटिन्छन् । यहाँसम्म उसको हात र खुट्टाको औंलाको नङ मुनिबाट पनि पाप निस्कन्छ ।

explain-icon

fawaed

  • वुजुको सुन्नत र शिष्टाचार सिक्न र अभ्यास गर्न प्रोत्साहन ।
  • वुजुको पुण्य र यो ससाना पापहरूको प्रायश्चित हो, तर ठूला पापहरूको लागि पश्चात्ताप गर्नुपर्छ ।
  • पापहरू पखाल्ने शर्त भनेको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले तोकेको विधि अनुसार वुजु पूर्ण रूपमा गर्नुपर्छ र यसमा कुनै कमी हुनु हुँदैन ।
  • यस हदीसमा पापहरूको प्रायश्चित ठूला-ठूला पापहरूबाट जोगिन र तिनीहरूबाट पश्चात्तापसँग जोडिएको छ । अल्लाह तआलाले भन्नुभएको छ: "यदि तिमीहरु ठूला पापहरुबाट टाढा रहन्छौ जसबाट तिमीहरुलाई रोकिएको छ, हामी तिमीहरुका (साना) पापहरु माफ गर्नेछौं ।" [सूरह अल-निसा: ३१]
explain-icon

more