नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, नातागोता प्रति सद्भाव र उनीहरुसँग सम्बन्ध कायम राख्ने आदर्श व्यक्ति त्यो होइन, जसले उसँग सद्भाव राखे मात्र बदलामा सद्भाव कायम राख्छ । बरु वास्तविक आदर्श व्यक्ति त्यो हो जससँग उसको आफन्तहरुले नातेदारी विच्छेद र दुर्व्यवहार गरे पनि तिनीहरूसँग सम्बन्ध जोडेर राख्छ र सद्भाव कायम राख्छ ।