अबू मुहम्मद हसन बिन अली बिन अबी तालिब (रजियल्लाहु अन्हु) — जो रसूल (सल्लल्लाहु अलैहि वसल्लम) का नाति र उहाँका प्यारो हुन् — ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट यो वचन कण्ठस्थ गरेको छु: "जुन कुरा प्रति तिमीलाई शङ्का छ, त्यसलाई छाडेर त्यो कुरा अपनाउनु जसमा कुनै शङ्का छैन।"
सही - رواه الترمذي والنسائي
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आदेश दिनुभएको छ, यदि कुनै वचन वा कार्य हराम (निषेधित) हो वा हलाल (वैध) भन्नेमा शङ्का छ भने, त्यसलाई छाडेर शङ्कारहित कुरालाई अपनाउनु पर्छ, जसको वैधता प्रति मन सन्तुष्ट हुन्छ।
fawaed
एउटा मुस्लिमका आफ्ना मामिलाहरू निश्चिततामा आधारित हुनु पर्छ र शंकास्पदहरूलाई त्यागिनु पर्छ र उसको आफ्नो धर्ममा अन्तरदृष्टिमा आधारित हुनु पर्छ ।
शंकामा पर्नबाट मनाहि ।
यदि तपाईं ढुक्क र आनन्दित हुन चाहनुहुन्छ भने, शंका भएका कुराहरू छोड्नु होस् र त्यसलाई एक पट्टीबाट मिल्काइ दिनु होस् ।
अल्लाह तआला आफ्ना भक्तहरू प्रति कृपालु र दयालु हुनु हुन्छ । यस प्रकार कि उहाँले मानिसहरूलाई यस्ता कामहरू गर्ने आदेश दिनु भएको छ जसबाट मन र आत्मालाई शान्ति मिल्छ र यस्ता कामहरूबाट रोक्नु भएको छ जसमा छट्पटी र व्याकुलता हुन्छ ।