अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “जो कोहीले सत्य मार्गतर्फ आह्वान गर्दछ, उसले त्यस मार्गमा हिँड्ने सबै मानिसहरूको पुण्य बराबर पुण्य प्राप्त गर्नेछ; र ती मानिसहरूको पुण्यमा कुनै कमी हुने छैन। र जो कोहीले गलत मार्गतर्फ बोलाउँछ, उसले त्यसलाई पछ्याउने सबै मानिसहरूको पाप बराबर पाप बोक्नेछ; तर यसले उनीहरूको पापमा कुनै कमी गरिने छैन।” सही - मुस्लिमले वर्णन गरेका छन्
explain-icon

Explanation

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, 'जसले मानिसहरूलाई आफ्नो वचन र कर्मद्वारा सत्य र भलाइको मार्ग देखाउँछ, उसले त्यो मार्ग पछ्याउने मानिसहरूले जति नै पुण्य पाउनेछ र पछ्याउनेहरूको पुण्यमा कुनै कमी हुनेछैन । अर्कोतर्फ, जसले आफ्नो वचन र कर्मद्वारा मानिसहरूलाई दुष्ट, पाप वा निषेधित कार्यको बाटो देखाउँछ, उसलाई त्यो मार्गमा हिँड्ने मानिसहरूको जस्तै पाप हुन्छ र तिनीहरुको पापमा कुनै कमी हुनेछैन ।

explain-icon

Benefits from the Hadith

  • यस हदीसबाट मार्गदर्शनको लागि आह्वान गर्नुको उत्कृष्टता प्रस्ट हुन्छ, चाहे त्यो थोरै होस् वा धेरै । जसले सत्य मार्गको आह्वान गर्छ, उसले पछ्याउने व्यक्ति झैं पुण्य पाउँछ । वास्तवमा, यो पुण्य प्रदान अल्लाहको महान कृपा र उहाँको पूर्ण उदारता हो ।
  • यसबाट असत्य मार्गतर्फ आह्वान गर्ने कार्यको गम्भीर खतरा प्रष्ट हुन्छ, चाहे त्यो सानो होस् वा ठूलो। निम्तो दिने व्यक्ति पनि त्यसको अभ्यास गर्ने व्यक्ति जस्तै पापको भागीदार हुन्छ ।
  • मानिसले आफ्नो कर्म अनुसार फल पाउँछ । त्यसैले जसले राम्रो काम गर्न निम्तो दिन्छ, उसले राम्रो काम गर्ने व्यक्ति बराबर बराबर नै पुण्य कमाउँछ । र जसले खराब काम गर्न निम्तो दिन्छ, ऊ नराम्रो काम गर्ने व्यक्तिसरह नै पापको भागीदार हुन्छ ।
  • एक मुस्लिमले खुलेआम पाप गर्नबाट सचेत हुनुपर्छ, किनकि यदि उसलाई देखेर अरू मानिसले पनि त्यस्तै पाप गर्न थाले भने, उसले त्यसो गर्न प्रत्यक्ष रूपमा प्रोत्साहन नगरेको भए तापनि ती मानिसहरूको पापको भार पनि उसले वहन गर्नुपर्ने हुन्छ ।