आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले हाम्रो यो धर्ममा कुनै नयाँ कुरा आविष्कार गर्छ, जुन हाम्रो धर्ममा छैन, त्यो स्वीकार्य हुँदैन।" (बुखरी र मुस्लिम) मुस्लिममा अर्को हदीस छ: "जसले कुनै यस्तो काम गर्छ, जुन हाम्रो तरिका अनुसार छैन, त्यो स्वीकार्य छैन ।" सही - मुत्तफकुन अलैहि
explain-icon

exp

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जसले धर्ममा कुनै नयाँ कुरा आविष्कार गर्छ वा कुरआन र हदीसबाट प्रमाणित नभएको कुरा गर्छ भने त्यसलाई उसै तर्फ फर्काइनेछ र त्यो अल्लाहको नजरमा स्वीकार्य छैन ।

explain-icon

fawaed

  • ईबादत (उपासना) को आधार कुरान र हदीस हो । तसर्थ, हामी कुरान र हदीसमा उल्लेख गरिएको तरिका अनुसार अल्लाहको उपासना गर्नेछौं । तसर्थ, नयाँ उपासना वा उपासनाका नयाँ रूपहरूबाट सधैं टाढा रहनुहोस् ।
  • धर्म - विचार र राम्रा भावनामा आधारित छैन । यो त रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को अनुसरणमा आधारित छ ।
  • यो हदीस धर्मको पूर्णताको प्रमाण हो ।
  • बिदअत भनेको त्यो प्रत्येक आस्था, कथन वा कार्य हो जुन धर्मको रूपमा आविष्कार गरिएको हो र यो रसूल (सल्लल्लाहु अलैहि वसल्लम) र उहाँका साथीहरूको समयमा थिएन ।
  • यस हदीसले इस्लामको आधारहरुमध्ये एक महत्वपूर्ण सिद्धान्त र इबादतको लागि यो एक मापदण्ड प्रस्तुत गर्दछ । जसरी कुनै कार्यमा इख्लास (अल्लाहको प्रसन्नता) छैन भने गर्ने व्यक्तिले त्यसको कुनै प्रतिफल पाउँदैन, त्यसैगरी यदि इबादत रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को तरिका अनुसार छैन भने गर्ने व्यक्ति तर्फ फर्काइनेछ ।
  • धर्मसँग सम्बन्धित नयाँ चीजहरू आविष्कार गर्न मात्र निषेध गरिएको छ, संसारसँग सम्बन्धित कुरा होइन ।