नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले बताउनुभएको छ, कुनै व्यक्ति तबसम्म पूर्णतः आस्थावान् हुँदैन, जबसम्म उसको प्रेम र अभिरुचि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) का आदेश र निषेधअनुसार हुँदैन। साँचो आस्थावान् त्यही हो, जसले रसूलले आदेश दिनुभएका कार्यहरूप्रति प्रेम राख्छ र जुन कुराहरूलाई निषेध गर्नुभएको छ, त्यसप्रति घृणा राख्छ।