गाउँबाट आएका एक सहाबीले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई केही जिक्रहरू सिकाउन आग्रह गरे । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : भन : "ला इलाह इल्लल्लाहु वह्-दहू ला शरीक लहु ।" उहाँले तौहीद (एकेश्वरवाद) को गवाही बाट सुरु गर्नुभयो, जसको अर्थ हो: 'अल्लाह बाहेक कोही सत्य पूज्य छैन ।' "अल्लाहु-अक्बर कबीरा" अर्थ : अल्लाह सबै भन्दा महान र ठूलो हुनुहुन्छ । "वल्हम्दु-लिल्लाहि कषीरा" अर्थ : अल्लाहका गुणहरू, कार्यहरू र उहाँका अनगिन्ती आशीर्वादहरूका लागि धेरै प्रशंसा छन्। "सुब्हानल्लाहि रब्बिल-आलमीन्" अर्थ : उहाँ हरेक कमी-कमजोरी र त्रुटिबाट पवित्र हुनुहुन्छ । "ला हौल वला कुव्वत इल्ला बिल्लाहिल-अजीजिल-हकीम" अर्थ: अल्लाहको सहयोग, कृपा र इच्छाबिना एक अवस्थाबाट अर्को अवस्थामा परिवर्तन हुन सम्भव छैन। यो सुनेर गाउँलेले भन्यो: यी शब्दहरू त मेरा रबको स्तुति र महिमाका लागि भए, मैले चैं आफ्नो लागि के दुआ (प्रार्थना) गरुँ? रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : भन : "'अल्लाहुम्मग्-फिर्ली" हे अल्लाह! मेरा पापहरूलाई मेटिदिनुहोस् र मेरा पापहरु कसैलाई थाहा नहोस्, र हे अल्लाह! मलाई क्षमा गरिदिनुहोस् । "वर्-हम्नी" मलाई धार्मिक र सांसारिक लाभहरू प्रदान गरेर ममाथि दया गर्नुहोस् । "वह्दिनी" मलाई उत्तम अवस्था र सीधा मार्गतर्फ मार्गदर्शन गर्नुहोस् । "वर्जुक्नी" मलाई धन, सुस्वास्थ्य र सबै प्रकारका भलाइ प्रदान गर्नुहोस् ।