अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् : ”जब नबी (सल्लल्लाहु अलैहि व सल्लम) लाई हाच्छ्युँ आउँथ्यो, तब आफ्नो हात वा कपडा मुखमाथि राख्नुहुन्थ्यो र त्यसैद्वारा आफ्नो आवाजलाई मधुरो वा कम गर्नुहुन्थ्यो।”
सही - अबू दाउद, तिर्मीजी र अहमदले वर्णन गरेका छन्
जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई आच्छ्यूँ आउँथ्यो :
पहिले: उहाँ आफ्नो हात वा कपडा आफ्नो मुखमा राख्नुहुन्थ्यो; ताकि उहाँसँग बसेकाहरूलाई नराम्रो लाग्ने केही फोहोर मुख वा नाकबाट ननिस्कियोस् ।
दोस्रो: उहाँ आफ्नो आवाज कम गर्नुहुन्थ्यो ।
fawaed
यसमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) को हाच्छ्युँ गर्ने तरिका र त्यस कुरामा उहाँको अनुसरण गर्ने कुरा वर्णित छ।
हाछ्युँ गर्दा मुख र नाकमा कपडा वा रुमाल राख्नु पुण्यकारी हो, ताकि छेउमा बसेको व्यक्तिलाई हानि पुऱ्याउने कुरा बाहिर ननिस्कियोस्।
हाछ्युँ गर्दा आवाज कम गर्नुपर्छ; किनभने यो पूर्ण शिष्टाचार र असल नैतिकताको पहिचान हो ।