रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मुस्लिमहरू बीच भ्रम, विभाजन र शत्रुता निम्त्याउने केही चीजहरू विरुद्ध चेतावनी दिनु भएको छ र ती कार्यहरू निषेध गर्नुभएको छ।। त्यस्ता केही कुराहरू यस प्रकार छन्: 'अज्-जन' (शङ्का, गलत अनुमान): यो कुनै ठोस प्रमाणबिना मनमा उत्पन्न हुने नकारात्मक विचार हो, जसलाई नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले सबैभन्दा ठूलो झूट भनी परिभाषित गर्नुभएको छ। ‘अत-तहस्सुस’ भन्नाले आँखाले वा कान द्वारा अरू मानिसका गोप्य कुरा पत्ता लगाउने वा त्यसको खोजी गर्ने कार्यलाई जनाउँछ। ’अत्-तजस्सुस’ : यो गोप्य कुराहरूको खोजी गर्नलाई भनिन्छ, र यो प्रायः दुष्ट कुराहरूको सन्दर्भमा भनिन्छ। 'अल-हसद'(डाह वा ईर्ष्या) भन्नाले अरू व्यक्तिले पाएको सौभाग्य वा सुखसयल मन नपराउनु र त्यसप्रति असन्तोष हुनु हो। । 'अत्-तदाबुर' भनेको एक-अर्काबाट टाढा हुनु, एक-अर्कालाई सलाम नगर्नु र आफ्ना मुस्लिम भाइसँग भेटघाट नगर्नु हो। 'अत-तबागुज' : एक-अर्कालाई मन नपराउने र घृणा गर्ने, जस्तै अरूलाई दुःख कष्ट दिने, ठुस्स परेर बस्ने र मानिसहरूसँग भेट हुँदा राम्रो व्यवहार नगर्ने । अन्तमा, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले यस्तो अर्थपूर्ण कुरा भन्नुभयो, जसले मुस्लिमहरू बीच आपसी सम्बन्ध सुधार गर्न सक्छ । उहाँले भन्नुभयो: "हे अल्लाहका भक्तहरु! आपसमा दाजुभाइ जस्तै भएर बस्नु ।" र वास्तवमा भाइचारा यस्तो सम्बन्ध हो, जसले मानिसहरूबीचको सम्बन्ध सुधार्दै प्रेम तथा स्नेह जस्ता भावहरु बढाउँछ।