अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "मेरो यो मस्जिदमा पढिएको एक नमाज, मस्जिद हरम (मक्का) बाहेक अन्य मस्जिदहरूमा पढिएको एक हजार नमाज भन्दा उत्तम छ ।" सही - मुत्तफकुन अलैहि
explain-icon

Explanation

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो मस्जिदमा नमाज पढ्नुको सद्गुणहरू वर्णन गर्दै भन्नुभएको छ, मेरो मस्जिदमा पढिएको एक नमाज पृथ्वीको कुनै पनि अन्य मस्जिदहरूमा पढिएको एक हजार नमाजहरू भन्दा अफ्जल (उत्तम) छ । तर मक्काको पवित्र मस्जिद हरम बाहेक; किनभने मस्जिद हरममा नमाज पढ्नुको पुण्य योभन्दा धेरै उत्तम छ ।

explain-icon

Benefits from the Hadith

  • मस्जिद हरम र मस्जिद नबवीमा पढिने नमाजहरूको इनाम अन्य मस्जिदहरूमा पढिने नमाजहरू भन्दा धेरै गुणा बढी छन् ।
  • मस्जिद हरममा पढिने एक नमाज अन्य मस्जिदहरूमा पढिएका एक लाख नमाजहरू भन्दा उत्तम छ ।