अबू हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्: एक जना मानिसले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोध्यो: "हे अल्लाहका रसूल! हामी समुद्रमा यात्रा गर्छौं र हामीसँग थोरै पानी हुन्छ। यदि हामीले पानीले वुजु गर्यौं भने पिउने पानी रहँदैन । के समुद्रको पानीले वुजू गर्न मिल्छ ? रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "समुद्रको पानी शुद्ध छ र त्यसको मृत वैध छ।" सही - رواه أبو داود والترمذي والنسائي وابن ماجه وأحمد
explain-icon

exp

एक जनाले नबी (सल्लल्लाहु अलैहि वसल्लम) सित सोध्यो: "हामी शिकार, व्यापार र यस्तै अन्य उद्देश्यका लागि डुङ्गामा समुद्र यात्रा गर्छौं र हामीसँग थोरै मात्रामा पिउने पानी हुन्छ। यदि हामीले यसलाई वुजू र नुहाउन प्रयोग गर्यौं भने, यो सिद्धिनेछ र पिउने पानी बाँकी रहनेछैन। यस्तो अवस्थामा, के हामीलाई समुद्रको पानीले वुजू गर्न अनुमति छ? रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले समुद्रको पानीको बारेमा भन्नुभयो: यसको पानी आफैंमा शुद्ध छ र यसमा अरूलाई शुद्ध पार्ने क्षमता पनि छ। यसबाट वुजू गर्न र नुहाउन अनुमति छ। यसबाट निस्कने माछाहरू खान पनि अनुमति छ, चाहे तिनीहरू पानीको सतहमा तैरिरहेको अवस्थामा मरेका भेटिए पनि र कसैले पनि शिकार नगरेको भए पनि।

explain-icon

fawaed

  • समुद्रका मृत जनावरहरू पनि हलाल हुन्छन्। मृतको अभिप्राय: समुद्रमै बस्ने र त्यहीं मर्ने जनावरहरूलाई खान अनुमति छ।
  • प्रश्न सोध्ने व्यक्तिलाई फाइदा हुने कुरालाई ध्यानमा राख्दै, प्रश्नभन्दा बढी उत्तर दिन अनुमति छ।
  • यदि कुनै शुद्ध पदार्थ थपिएर पानीको स्वाद, रङ वा गन्ध परिवर्तन हुन्छ भने यो शुद्ध रहन्छ । चाहे त्यसको नुनिलोपना, तातोपना वा त्यसको चिसोपनामा बदलिए पनि पानी पवित्र नै रहन्छ ।
  • समुद्रको पानीले सानाठुला सबै अपवित्रता लाई हटाउँछ र यसलाई शरीर वा लुगा जस्ता पवित्र वस्तुबाट फोहोर हटाउन पनि प्रयोग गर्न सकिन्छ।
explain-icon

cats

explain-icon

more