अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्: रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई त्यो पानीको बारेमा सोधियो जसमा गाईवस्तु र जंगली जनावरहरू आउने-जाने गर्छन्। उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "जब पानी दुई कुल्ला (दुई ठूला गाग्रा बराबर) हुन्छ, यसले फोहोरलाई प्रभाव पार्न दिँदैन।" सही - رواه أبو داود والترمذي والنسائي وابن ماجه وأحمد
explain-icon

exp

नबी (सल्लल्लाहु अलैहि वसल्लम) सित त्यो पानी जसमा जनावर र हिंस्रक जन्तुहरू पानी पिउनका लागि आउने जाने गर्छन् त्यो पानीले पवित्रता प्राप्त गर्न मिल्छ कि मिल्दैन भनेर सोधियो । जवाफमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयोकि जब पानी ठुला दुई घैला लगभग २१० लिटर जति हुन्छ भने त्यो बराबरको पानी ठुलो परिणामको हो, यो अपवित्र हुँदैन । यद्यपि पानीका ३ वटा गुण रंग, स्वाद र गन्ध अशुद्ध पदार्थले परिवर्तन हुन्छ भने, त्यो फरक कुरा हो।

explain-icon

fawaed

  • यदि पानीको कुनै पनि विशेषता जस्तै रंग, स्वाद वा गन्ध अशुद्ध पदार्थले गर्दा परिवर्तन हुन्छ भने, यो अशुद्ध हुन्छ। यस हदीसमा भनिएको कुरा सामान्य हो, विशिष्ट होइन।
  • उलमाको सहमति छ, जब फोहोर परेर बदलाउ आउँछ, त्यो पानी धेरै भए पनि वा थोरै भए पनि अपवित्र हुन्छ।
explain-icon

cats

explain-icon

more