अब्दुल्लाह बिन अम्र (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन् कि हामी रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग मक्काबाट मदिना फर्किरहेका थियौं । बाटोमा पानी भेटिएपछि केही मानिसहरूले समय नजिकिँदै गर्दा हतार गरे र छिटो-छिटो वुजू गरे। हामी त्यहाँ आइपुग्दा उनीहरूको कुर्कुच्चोसम्म पानी नपुगेको (अर्थात् त्यो भाग सुक्खा रहेको) कारणले त्यो भाग स्पष्ट रूपमा देखिएको थियो।। यो देखेर अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: “कुर्कुच्चाहरूलाई नरकको आगोबाट जोगाऊ, वुजू राम्ररी पूरा गर।” सही - मुत्तफकुन अलैहि
explain-icon

Explanation

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्ना सहाबा (साथी) हरूसँग मक्कादेखि मदीनासम्मको यात्रा गर्नुभयो। बाटोमा पानी भेटिएपछि केही साथीहरूले अस्रको नमाजको लागि हतारमा वुजू गरे, जसक्रममा तिनीहरूको कुर्कुच्चो सुक्खा र पानी नपुगेको स्पष्ट देखिन्थ्यो। यो देखेर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "वुजू गर्दा कुर्कुच्चो धुन बेपर्बाही गर्नेहरूका लागि नर्कको दण्ड र विनाश छ।" तत्पश्चात् उहाँले तिनीहरूलाई पूर्ण रूपमा वुजू गर्न आदेश दिनुभयो।

explain-icon

Benefits from the Hadith

  • वुजूमा खुट्टा धुनु अनिवार्य छ; किनभने यदि 'मसह' (पुछ्न) गर्नु मात्र पर्याप्त हुन्थ्यो भने, खुट्टाका कुर्कुच्चा धुन छोड्नेहरूलाई नरकको चेतावनी दिइने थिएन।
  • वुजू गर्दा धुनुपर्ने अंगहरू पूर्ण रूपमा धुनु अनिवार्य छ। जसले जानाजानी वा अल्छी गरेर थोरै भाग पनि धुन छोड्यो भने, उसको नमाज मान्य हुनेछैन।
  • यस हदीसमा अज्ञानीलाई सिकाउने र मार्गदर्शन प्रदान गर्नुको ठूलो महत्त्व स्पष्ट गरिएको छ।
  • आलिम (विद्वान) ले फर्ज र सुन्नतहरूको बेवास्ता गरेको देखिएमा, त्यसको विनम्रतापूर्वक प्रतिवाद गर्नुपर्छ।
  • मुहम्मद इस्हाक देहलवीले भन्नुभएको छ: इस्बाग (राम्ररी धुनु) तीन प्रकारका हुन्छन्: १. फर्ज: धुनुपर्ने अङ्गलाई एकपटक पूर्ण रूपमा धुनु। २. सुन्नत: तीन-तीनपटक धुनु। ३. मुस्तहब: तीनपटक धुँदा पानी प्रयोग गरी राम्ररी र लम्ब्याएर धुनु।