अबू सिरम: (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले अर्कालाई हानि पुर्‍याउँछ, अल्लाहले उसलाई हानि पुर्‍याउनु हुन्छ र जसले अरूलाई कष्ट दिन्छ, अल्लाहले उसलाई कष्टमा पार्नुहुनेछ ।" हसन - अबू दाउद, तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
explain-icon

Explanation

"नबी (सल्ललाहु अलैहि वसल्लम) ले मुसलमानलाई हानी पुर्याउने वा कुनै पनि कुरामा, चाहे त्यो उसको जीवन होस्, धन होस् या परिवार, कठिनाइ थप्ने काम गर्नबाट सजग रहन भनेका छन्। जसले यस्ता काम गर्छ, उसलाई अल्लाहले उस्तै प्रकारको कर्मको आधारमा सजाय दिनेछन्।"

explain-icon

Benefits from the Hadith

  • मुस्लिमलाई हानि पुर्‍याउनु र उसलाई अप्ठ्यारोमा पार्नु वर्जित (हराम) हो ।
  • अल्लाहले आफ्ना सेवकहरूका लागि बदला लिनुहुन्छ ।