अनस (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "मूर्तिपूजकहरूसँग आफ्नो धन, ज्यान र वाणीद्वारा जिहाद गर।" सही - رواه أبو داود والنسائي وأحمد
explain-icon

exp

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले काफिरहरूसँग (बहुदेववादी) जिहाद गर्ने र उनीहरूको सामना गर्न आफ्नो क्षमताअनुसार सबै साधन प्रयोग गर्न आदेश दिनुभएको छ, ताकि अल्लाहको वचन सर्वोच्च रहोस्। जिहादका केही साधनहरू यस प्रकार छन्: १- काफिरहरू विरुद्ध जिहादको लागि पैसा खर्च गर्नु, जस्तै हतियार खरिद गर्नु र मुजाहिदीनहरूलाई आपूर्ति गर्नु आदि। २- काफिरहरूसँग लड्न शरीर र आत्माले निस्कनु। ३- मौखिक रूपमा इस्लाममा आह्वान गर्ने, प्रमाण स्थापित गर्ने र उनीहरूको तर्क र दावीहरूको खण्डन गर्ने।

explain-icon

fawaed

  • काफिरहरूसँग आफ्नो ज्यान, धन र जिब्रोद्वारा क्षमताले भ्याएसम्म युद्ध गर्न प्रोत्साहन। जिहाद केवल शारीरिक लडाइँमा सीमित छैन।
  • जिहादको आदेश अनिवार्य (वाजिब) हो। तर, जिहाद कहिलेकाहीं व्यक्तिगत रुपमा अनिवार्य हुन्छ र कहिलेकाहीं सामूहिक रुपमा।
  • अल्लाहले धेरै कारणहरूले जिहादलाई वैध गर्नुभएको छ: पहिलो: शिर्क र बहुदेववादिहरूसँग प्रतिरोध गर्नु, किनभने अल्लाहले शिर्कलाई कहिल्यै स्वीकार गर्नुहुन्न। दोस्रो: अवरोधहरू हटाउनु, जसले अल्लाहको मार्गतर्फको आमन्त्रण (दावत) को बाटोमा रोकावट पैदा गर्छ। तेस्रो: आस्था (अकीदा) को रक्षा गर्नु, यस्तो हरेक कुरा विरुद्ध, जुन इस्लामको सिद्धान्त र विश्वासको विरोधमा छ। चौथो: मुस्लिमहरूको रक्षा गर्नु, उनीहरूको देश, इज्जत, सम्पत्ति र जीवनको सुरक्षाका लागि।
explain-icon

cats

explain-icon

more