नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ कि मदीनाका अन्सारीहरूसँग प्रेम गर्नु पूर्ण ईमानको चिन्ह हो र उनीहरूप्रति घृणा राख्नु कपटको चिन्ह हो। यो यसकारण हो किनभने उनीहरूले इस्लाम र नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई पूर्ण रूपमा सहयोग गरे, (मक्का र अन्य स्थानबाट आएका) मुहाजिर मुस्लिमहरूलाई आश्रय दिए र अल्लाहको मार्गमा आफ्नो ज्यान र सम्पत्ति खर्च गर्न कुनै कसर बाँकी राखेनन्। त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : जसले अन्सारलाई माया गर्छ, अल्लाहले उसलाई माया गर्नुहुन्छ र जसले तिनीहरूसँग घृणा गर्छ, अल्लाहले उससँग घृणा गर्नुहुन्छ ।