सहल इब्न मुआज इब्न अनस (रजियल्लाहु अन्हुम) ले आफ्ना बुवा (मुआज इब्न अनस) बाट वर्णन गरेका छन्, उनी भन्छन्र, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले खाना खायो र भन्यो: 'अल्हम्दुलिल्लाहिल्लजी अत्अमनी हाजा व रजक़नीहि मिन ग़ैरि हौलिन मिन्नी वला कुव्वह्' (सम्पूर्ण प्रशंसा अल्लाहकै लागि हो, जसले मलाई यो खाना खुवाउनुभयो र मेरो कुनै शक्ति वा सामर्थ्य बिना नै मलाई यो प्रदान गर्नुभयो), उसका अघिल्ला पापहरू क्षमा गरिनेछन् ।" हसन - अबू दाउद, तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
explain-icon

exp

"नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भोजन ग्रहण गर्ने व्यक्तिलाई आफ्नो पालनकर्ताप्रति कृतज्ञ हुन प्रोत्साहित गर्नुभएको छ; किनकि उहाँको सहायता बिना न त भोजन प्राप्त गर्ने सामर्थ्य हुन्छ, न त त्यसलाई खान सक्ने शक्ति नै।" त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले यो दुआ पढ्ने व्यक्तिका अघिल्ला पापहरू क्षमा हुनेछन् भन्ने सुसमाचार सुनाउनुभयो।

explain-icon

fawaed

  • भोजनको अन्त्यमा अल्लाहको प्रशंसा गर्नु मुस्तहब (पुण्यदायी) हो।
  • प्रस्तुत हदीसले आफ्ना भक्तहरूप्रति अल्लाहको असीम कृपालाई प्रस्ट पार्छ, किनकि उहाँले नै उनीहरूलाई भोजन प्रदान गर्नुभयो, जीविकोपार्जनका माध्यमहरू सुलभ बनाइदिनुभयो र उनीहरूका पापहरू समेत क्षमा गरिदिनुभयो।
  • भक्तहरूका सबै कार्यहरू वास्तवमा अल्लाहको तर्फबाट नै सम्पन्न हुन्छन्; ती तिनको आफ्नै शक्ति वा सामर्थ्यका कारणले मात्र हुँदैनन् । तथापि, भक्तलाई आवश्यक साधनहरू अपनाउन आदेश दिइएको छ।
explain-icon

more