उक्बह बिन आमिर (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "उच्च स्वरमा कुरआन पढ्ने व्यक्ति खुलेआम दान दिने व्यक्ति जस्तो हो र कम स्वरमा कुरआन पढ्ने व्यक्ति गोप्य रूपमा दान दिने व्यक्ति जस्तो हो।" सही - अबू दाउद, तिर्मीजी र निसाईले वर्णन गरेका छन्
explain-icon

exp

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उच्च स्वरमा कुरआन पढ्ने व्यक्ति खुलेर दान दिने व्यक्ति र मसिनो स्वरमा कुरआन पढ्ने व्यक्ति गोप्य रूपमा दान दिने व्यक्ति जस्तै हो भनी बताउनुभएको छ ।

explain-icon

fawaed

  • कुर्आनलाई गोप्य रूपमा पढ्नु उत्कृष्ट हो, जसरी गोप्य रूपमा दान दिनु उत्कृष्ट हो, किनकि यसमा इख्लास (सत्यनिष्ठा) हुन्छ र कपट तथा घमण्डको सम्भावना हुँदैन । तर कुर्आनको पठनपाठन र सिकाउने उद्देश्य हो भने ठूलो स्वरमा पढ्न जायज छ ।