उमर (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले यस संसारमा रेशमको लुगा लगायो, उसले परलोकमा रेशम लगाउन पाउने छैन।"
सही - मुत्तफकुन अलैहि
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले यो कुरा स्पष्ट पार्नुभएको छ कि जुन कुनै पुरुषले संसारमा रेशमको पोशाक लगायो र तौबा नगरी मृत्यु भयो भने, उसलाई आखिरतमा सजायस्वरूप रेशमको पहिरनबाट वञ्चित गरिनेछ।
Benefits from the Hadith
हदीसमा उल्लेखित रेशम भन्नाले शुद्ध प्राकृतिक रेशमलाई बुझिन्छ; कृत्रिम रेशम (सिंथेटिक सिल्क) यस अन्तर्गत पर्दैन।
पुरुषहरूका लागि रेशम लगाउन निषेध गरिएको छ ।
रेशम प्रयोगको निषेध सम्बन्धी नियममा यसलाई लगाउनुको साथै ओछ्यानमा बिछ्याउनु पनि निषेध अन्तर्गत पर्दछ।
पुरुषहरूका लागि कपडामा दुई देखि चार औंलाको चौडाइभन्दा बढी नहुने गरी, केवल किनारा वा चिन्हका रूपमा मात्र रेशम प्रयोग गर्ने अनुमति छ।