अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "मेरा सहाबाहरूलाई गाली नगर। (अल्लाहको कसम!) यदि तिमीहरूमध्ये कसैले उहुद पर्वत समान सुन खर्च गरे पनि, त्यो उनीहरूको एक 'मुद' (दुई हत्केलाको नाप) वा त्यसको आधा अंशको बराबरीमा पुग्न सक्नेछैन।" सही - मुत्तफकुन अलैहि
explain-icon

Explanation

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले सहाबाहरूलाई गाली–गलौज गर्न कडाइका साथ निषेध गर्नुभएको छ, विशेष गरी मुहाजिर (मक्का वा अन्य ठाउँ बाट बसाई सारेका हरू) र अन्सारहरूमध्येका ती अग्रजहरू (साबिकुन अव्वलुन) को हकमा, जसले सर्वप्रथम इस्लाम स्वीकार गरेका थिए।। उहाँले स्पष्ट गर्नुभयो कि यदि कुनै व्यक्तिले उहुद पर्वत जत्रो सुन दान गरे पनि, त्यो सहाबाहरूमध्ये कुनै एक जनाले दिएको एक 'मुद्द' वा त्यसको आधा जति दानको पुण्यफलको बराबर पनि हुन सक्दैन। यहाँ ‘मुद्द’ भन्नाले एक सामान्य पुरुषका दुवै हथेलाले भरिने परिमाणलाई जनाउँछ। यो सहाबाहरूको उच्च निष्कपटता (इख्लास), नीयतको सत्यता, तथा मक्का विजयअघि अत्यन्त कठिन परिस्थितिमा गरिएको खर्च र जिहादमा अग्रता (सब्क) का कारण हो, जब त्यस्ता त्याग र बलिदानको अत्यधिक आवश्यकता थियो।

explain-icon

Benefits from the Hadith

  • सहाबा (नबी (सल्लल्लाहु अलैहि वसल्लम) का साथी) हरूलाई लाई गाली गर्नु हराम छ र यो ठूला पापहरू मध्ये एक हो।
explain-icon

More ...