अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "कियामत (प्रलय) को दिन मानिसहरूबीचमा सर्वप्रथम रक्तपात (हत्या) को बारेमा फैसला गरिनेछ।" सही - मुत्तफकुन अलैहि
explain-icon

exp

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, कयामत (प्रलय) को दिन मानिसहरूले एकअर्कालाई पुर्याएको अन्यायको हिसाब-किताब गर्दा, सबैभन्दा पहिले रक्तपात; हत्या र शारीरिक चोट पुर्याइएका विषयहरूमाथि न्याय गरिनेछ।

explain-icon

fawaed

  • हदीसबाट प्रस्ट हुन्छ कि रक्तपातको मामिला धेरै नै महत्त्वपूर्ण छ। किनभने महत्त्वपूर्ण भएकोले (कयामत को दिन कर्म-हिसाबकिताबको) शुरुवात त्यसै विषयबाट गरिन्छ ।
  • पापहरू तिनले निम्त्याउने हानिको व्यापकताअनुसार ठूला हुन्छन्। निर्दोष आत्माको हत्या गर्नु सबैभन्दा ठूलो हानिकारक क्षतिकार्य हो, र यसभन्दा ठूलो पाप केवल अल्लाहप्रति कुफ्र (अविश्वास) र शिर्क (बहुदेववाद) गर्नु हो।