कैस् बिन आसिम (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, म इस्लाम स्वीकार गर्ने उद्देश्यले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सेवामा आएँ, उहाँले मलाई पानी र बेरको पातले नुहाउन आदेश दिनुभयो । सही - अबू दाउद, तिर्मीजी र निसाईले वर्णन गरेका छन्
explain-icon

exp

कैस् बिन आसिम (रजियल्लाहु अन्हु) इस्लाम स्वीकार गर्ने उद्देश्यले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आए अनि उहाँले उनलाई पानी र बेरीको पातले नुहाउन आदेश दिनुभयो, किनकि बेरीका पातहरू सफा गर्न प्रयोग गरिन्छ साथै यसबाट मिठो बास्ना पनि आउँछ ।

explain-icon

fawaed

  • इस्लाम ग्रहण गर्दा गैर-मुस्लिमलाई नुहाउन शरीयतले आदेश दिएको छ ।
  • इस्लाम एक सर्वोच्च धर्म हो, जसले शरीर र आत्मा दुवैको ख्याल राख्छ ।
  • शुद्ध र पवित्र चीजहरू पानीमा मिसाउँदा त्यस पानीबाट पवित्रता हासिल गर्ने क्षमता गुम्दैन।
  • सफाईको लागि प्रयोग गरिने आधुनिक वस्तुहरू, जस्तै साबुनलाई बेरी पातहरूको विकल्प मानिन्छ ।
explain-icon

more