आमा आइशा (रजियल्लाहु अन्हा) बाट वर्णन गरिएको छ, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "स्तनपानले ती नाताहरूलाई हराम (निषेध) बनाउँछ, जुन जन्मद्वारा (रगतको सम्बन्धले) हराम हुन्छन्।" सही - मुत्तफकुन अलैहि
explain-icon

Explanation

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट गर्नुभएको छ, जुन नाताहरू जन्म र रगतको सम्बन्धले निषेध गर्छ—जस्तै मामा, काका, भाइ— स्तनपान (रजाअत) ले पनि त्यसैलाई निषेध गर्दछ। जुन कुराहरू जन्मको सम्बन्धले वैध हुन्छन्, स्तनपान (रजाअत) को सम्बन्धले पनि ती कुराहरू वैध हुन्छन्।

explain-icon

Benefits from the Hadith

  • यो हदीस आमाको दूधपान (रजाअत) सम्बन्धी नियमहरूको आधारभूत सिद्धान्त हो।
  • इब्न हजरले भनेका छन्: नबी (सल्लल्लाहु अलैहि वसल्लम) को वचन "स्तनपानले ती नाताहरूलाई हराम (निषेध) बनाउँछ, जुन जन्मद्वारा (रगतको सम्बन्धले) हराम हुन्छन्" को अर्थ यो पनि हो कि जुन कुराहरू जन्मको सम्बन्धले अनुमत हुन्छन्, स्तनपान (रजाअत) को सम्बन्धले पनि ती कुराहरू अनुमत हुन्छन्। यो कुरा सर्वसम्मति (इज्मा) अनुसार विवाह र त्यससँग सम्बद्ध नियमहरूमा लागू हुन्छ — जस्तैः स्तनपान गर्ने शिशु र स्तनपान गराउने महिलाका सन्तानहरूबीच विवाह हराम (निषेध) हुन्छ र उनीहरू सबैलाई आपसी सम्बन्धमा साक्खै आफन्त (मह्रम) को दर्जा दिइन्छ — जसकारण एक-अर्कालाई हेर्न, एकान्तमा बस्न र यात्रामा सँगै जान अनुमति प्राप्त हुन्छ। तर यस नाताबाट जन्म दिने आमालाई जस्तै सम्पूर्ण कानुनी अधिकारहरू प्राप्त हुँदैनन्; जस्तैः पैतृक सम्पत्ति पाउने अधिकार, पालन–पोषणको खर्चको अनिवार्यता, (इत्क बिल-मिल्क) अर्थात्, कुनै दास आफ्नो साक्खै नातेदारको स्वामित्वमा आउनासाथ स्वतः स्वतन्त्र हुनु। साक्षी (शहादत) र रक्तमूल्य (दिया) को जिम्मेवारी र किसास (प्रतिशोधात्मक दण्ड ) हट्नु — यी कुराहरू स्तनपानमा आधारित सम्बन्धमा लागू हुँदैनन्।
  • आमाको दूधपान (रजाअत) द्वारा वैवाहिक सम्बन्धमा हराम (निषेध) हुने नातासम्बन्धी नियम स्थायी रूपमा सधैंको लागि कायम रहन्छ।
  • अन्य हदीसहरूले संकेत गर्छन्, स्तनपानको कारणले विवाह निषेध ठहरिने नियम तब मात्र स्थापित हुन्छ, जब शिशुलाई पाँच पटक स्तनपान गराइएको हुनुपर्छ र यी पहिलो दुई वर्ष भित्र हुनुपर्छ।
  • नाताका कारणले विवाहका लागि हराम (निषेध) ठहरिने स्त्रीहरू निम्नानुसार छन्: १- आमाहरू: यसमा हजुरआमाहरू (आमा तर्फका वा बुबा तर्फका) र सोभन्दा माथि पुस्ताका पनि पर्दछन्। २- छोरीहरू: यसमा नातिनीहरू, पनातिनीहरू (छोरा वा छोरी तर्फका) र सोभन्दा तलका सन्ततिहरू समावेश हुन्छन्। ३- दिदीबहिनीहरू : चाहे ती सहोदर (एउटै आमाबुबाका) हुन्, वा केवल एक तर्फका (सौतेनी आमा वा बुबा तर्फबाट) हुन्। ४- फुपूहरू: यसमा बुबाका दिदीबहिनीहरू (सहोदर वा सौतेनी) र त्यसैगरी हजुरबुबाहरूका दिदीबहिनीहरू र सोभन्दा माथिका पुस्ताका पनि पर्दछन्। ५- सानीआमा/ठूलीआमाहरू : यसमा आमाका दिदीबहिनीहरू (सहोदर वा सौतेनी) र त्यसैगरी हजुरआमाहरूका दिदीबहिनीहरू (आमा तर्फका वा बुबा तर्फका) र सोभन्दा माथिका पुस्ताका पनि पर्छन्। ६- भाइका छोरीहरू र दिदीबहिनीका छोरीहरू: यसमा भतिजीहरू, भान्जीहरू, र तिनीहरूका छोरीहरू (र सोभन्दा तलका सन्ततिहरू) पर्दछन्।
  • दूधपान (रजाअत) का कारणले हराम ठहरिने स्त्रीहरू: स्तनपान (रजाअत) को सम्बन्धबाट पनि तिनै नाताहरू हराम (निषेध) हुन्छन्, जुन रक्त-नाताका कारणले हराम हुन्छन्। अर्थात्, जो स्त्री नाताका कारणले विवाहका लागि हराम ठहरिन्छिन्, त्यस्तै स्त्री स्तनपानको सम्बन्धबाट पनि हराम ठहरिन्छिन्। तर, यसमा अपवाद छ, यदि दुईजना भाइमध्ये कुनै एकलाई कुनै महिलाले स्तनपान गराएकी छिन् भने स्तनपान नगरेको भाइले ती महिलासँग विवाह गर्न सक्छ। त्यसैगरी, यदि कुनै व्यक्तिले शिशुकालमा कुनै महिलाको स्तनपान गरेको छ भने ती महिलाका श्रीमान्ले त्यस व्यक्तिका स्तनपान नगरेका दिदीबहिनीसँग विवाह गर्न सक्छन्, किनकि उनीहरूले ती महिलाको स्तनपान गरेका छैनन्।
explain-icon

More ...