बुरैदह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: "जसले अमानतको कसम खान्छ, त्यो हामीमध्ये होइन।" सही - अबू दाउद र अहमदले वर्णन गरेका छन्
explain-icon

exp

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले अमानत को नाममा शपथ खानुबाट रोक्नुभएको छ र यसको बारेमा चेतावनी दिनुभएको छ र जसले त्यसो गर्छ त्यो हामी (इस्लाम) मध्ये होइन।

explain-icon

fawaed

  • अल्लाह तआलाह बाहेक अरू कसैको नाममा शपथ खानु हराम छ। यसमा अमानातको नाममा शपथ खानु पनि समावेश छ र यसलाई सानो शिर्क (शिर्के-असगर) मानिन्छ।
  • आज्ञाकारिता, उपासना, सम्पत्ति, नगद र सुरक्षा सबै अमानत भित्र समावेश छन्।
  • शपथ केवल अल्लाह, उहाँका नामहरूमा वा उहाँका गुणहरूमा नै मान्य हुन्छ।
  • खत्ताबीले भने: यसमा मनाहीको कारण यो हो कि अल्लाह र उहाँका गुणहरूको नाममा शपथ लिन आदेश गरिएको छ। जबकि अमानत अल्लाहका गुणहरूमध्ये होइन, बरु यो उहाँका आदेशहरूमध्ये एक आदेश हो। त्यसैले यसमा मनाही गरिएको छ, किनभने यसले अमानातलाई अल्लाहका नामहरू र गुणहरूसँग समान ठहर गर्ने सम्भावना छ।