अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, "नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले महिलाको जस्तो पहिरन लगाउने पुरुष र पुरुषको जस्तो पहिरन लगाउने महिलालाई धिक्कार (लअ्नत) गर्नुभएको छ।" सही - رواه النسائي في الكبرى وابن ماجه بمعناه وأحمد
explain-icon

exp

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले ती पुरुषहरूलाई अल्लाहको कृपाबाट निष्कासित र टाढा हुन् भनी श्राप दिनुभएको छ, जो पहिरन, स्वरूप, रङ्ग, शैली, पहिरिने तरिका, शृङ्गार वा अन्य कुनै पनि कुरामा महिलाहरूको नक्कल गर्छन्। र त्यसैगरी, उहाँले ती महिलाहरूलाई पनि श्रापित तुल्याउनु भएको छ, जो पुरुषहरूको पहिरनको नक्कल गर्छन्। यस्तो कार्य महापाप (कबिरा) मध्ये पर्दछ।

explain-icon

fawaed

  • अश-शौकानीले भन्नुभएको छ: "महिलाहरूले पुरुषहरूको र पुरुषहरूले महिलाहरूको रूपको नक्कल गर्नु निषेध छ; किनकि धिक्कार र श्राप (लअ्नत) केवल निषेधित कार्यहरूमा मात्र हुने गर्दछ।"
  • इब्न उसैमीनले भन्नुभएको छः "जुन प्रकारका लुगाहरू पुरुष र महिला दुवैले समान रूपमा प्रयोग गर्छन्, जस्तै 'फनाइल' (बनियान वा टी-शर्ट), जसलाई पुरुष र महिला दुवैले लगाउने गर्छन्, त्यस्ता लुगा लगाउन कुनै आपत्ति छैन। अर्थात्, पुरुष वा महिलाले त्यस्ता वस्त्र प्रयोग गर्नुमा कुनै समस्या छैन, किनकि ती दुवैका लागि समान रूपमा साझा वस्त्र हुन्।"