उम्मुल-मुमिनीन (आस्थावानहरूकि आमा)आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) जुत्ता लगाउँदा, कपाल कोर्दा, वुजू गर्दा लगायत आफ्ना सबै कार्यहरूमा दायाँबाट आरम्भ गर्न मन पराउनुहुन्थ्यो। सही - मुत्तफकुन अलैहि
explain-icon

Explanation

नबी (सल्लल्लाहु अलैहि वसल्लम) सम्मानयोग्य कार्यहरूमा दाहिने तर्फबाट सुरु गर्न रुचाउनुहुन्थ्यो। तीमध्ये केही यस प्रकार छन्: जुत्ता लगाउँदा दाहिने खुट्टाबाट सुरु गर्ने, टाउको र दाह्रीमा तेल लगाउँदा तथा कपाल कोर्दा दायाँबाट सुरु गर्ने, र वुजू गर्दा बायाँ हात र खुट्टाभन्दा पहिले दायाँ हात र खुट्टा धुने इत्यादि।

explain-icon

Benefits from the Hadith

  • इमाम नववीले शरियतको एउटा सामान्य नियम उल्लेख गर्दै भन्नुभएको छ: लुगा, सुरुवाल र जुत्ता लगाउनु, मस्जिदमा प्रवेश गर्नु, मिस्वाक गर्नु, आँखामा सुरमा वा गाजल लगाउनु, नङ र जुँगा काट्नु, कपाल कोर्नु, काखीका रौं उखेल्नु, कपाल खौरनु, नमाजमा सलाम फेर्नु, वुजूका अंगहरू धुनु, शौचालयबाट बाहिर निस्कनु, खानपिन गर्नु, मुसाफाह (हात मिलाउनु), 'हजरे अस्वद' लाई चुम्बन गर्नु आदि जस्ता सम्मानजनक कामहरू दाहिने तर्फबाट सुरु गर्नु मुस्तहब (पुण्यदायी) हो। तर जुन कामहरू यसको विपरीत प्रकृतिका छन्, जस्तै: शौचालयमा प्रवेश गर्नु, मस्जिदबाट बाहिर निस्कनु, नाक सफा गर्नु, 'इस्तिन्जा' (शौचपछिको सफाइ) गर्नु तथा लुगा, सुरुवाल र मोजा आदि फुकाल्नु जस्ता कार्यहरू बायाँ तर्फबाट सुरु गर्नु मुस्तहब हो। यो सबै दायाँ पक्षको सम्मान र श्रेष्ठताका कारण हो।
  • हदीसको वाक्यांश "उहाँलाई तायमुन (दाहिने पक्षबाट सुरु गर्नु) मन पर्थ्यो" भन्नाले दाहिने हात, दाहिने खुट्टा, दाहिने भाग र दाहिने हातले लेनदेन गर्ने लगायतका कुराहरू समावेश छन्।
  • इमाम नववी (रहिमहुल्लाह) भन्नुहुन्छ: "वुजूका केही अङ्गहरूमा दाहिने तर्फको भागबाट सुरु गर्नु 'मुस्तहब' मानिँदैन; ती हुन्— दुवै कान, दुवै हत्केला र दुवै गाला। यिनलाई एकैपटक धुनुपर्छ। तर, यदि एकैपटक धुन सम्भव नभएमा (जस्तैः हात काटिएको वा यस्तै कुनै अवस्थामा) भने दाहिने तर्फको भागलाई पहिले धुनुपर्छ।"