अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो: "हसन र हुसैन (रजियल्लाहु अन्हुमा) स्वर्गका युवाहरूका सरदार हुन्।" सही - तिर्मीजी र अहमदले वर्णन गरेका छन्
explain-icon

Explanation

नबी (सलल्लाहु अलैहि वसल्लम) ले जानकारी दिनुभयो कि उहाँका दुई नाति, हसन र हुसैन (अली इब्न अबी तालिब र फातिमा बिन्ते नबी), ती सबै युवाहरूका सरदार हुन् जसको निधन युवा अवस्थामा भयो र जो स्वर्ग प्रवेश गर्नेछन्। अथवा यसको अर्थ यो हो कि हसन र हुसैन स्वर्गका युवाहरूका सरदार हुन्, तर नबीहरू र खलीफा राशिदीनहरु बाहेक।

explain-icon

Benefits from the Hadith

  • हसन र हुसैन (रजियल्लाहु अन्हुमा) को स्पष्ट सद्गुण।
  • यस हदीसका धेरै अर्थहरू छन्: एउटा यो हो कि यी दुवै जना ती युवाहरूका नेता हुनेछन् जो रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को मुखबाट यी शब्दहरू निस्केको समयमा स्वर्गको हकदार हुनेछन्। अर्को यो हो कि यी दुवै जना अगमवक्ताहरू र खलीफाहरू बाहेक सबै मानिसहरूभन्दा श्रेष्ठ छन्, जसको सामान्य उत्कृष्टता प्रमाणित भएको छैन। तेस्रो ती दुवै युवाहरू ती मानिसहरूका नेता हुनेछन् जो पुरुषत्व, उदारता र साहस जस्ता युवा गुणहरूले भरिएका हुन्छन्। हदीसमा "युवावस्था" भन्नाले उमेरलाई जनाइएको छैन, किनकि हसन र हुसेन को मृत्यु मध्यम उमेरमा भएको थियो।
explain-icon

More ...